अमेरिक र इराकको संयुक्त कारबाहीमा आईएसका १५ लडाकु मारिए
शनिबार, १५ भदौ २०८१, १८ : १६
वासिङ्टन । अमेरिकाले आफ्नो सेनाले इराकी सुरक्षा बलसँगको संयुक्त कारबाहीमा इस्लामिक स्टेट (आईएस) का १५ लडाकु मारेको जनाएको छ । यस संयुक्त अभियानमा अतिवादी समूहको नेतृत्वलाई निशाना बनाइएको थियो।
अमेरिकी सेन्ट्रल कमान्डले बिहीबार इराकको पश्चिमी भागमा यो संयुक्त अभियान सञ्चालन गरिएको जनाएको छ । यो घटनामा कोही पनि सर्वसाधारण घाइते भएनन् ।
तर, यस कारबाहीमा केही अमेरिकी सैनिक घाइते भएको अमेरिकी सञ्चारमाध्यममा खबरहरू आइरहेका छन् । यसअघि जारी गरिएको विज्ञप्तिमा इराकी सेनाले संयुक्त कारबाहीका क्रममा गरिएको हवाई हमलामा अतिवादीहरूको स्थानलाई निशाना बनाइएको जनाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण