अमेरिक र इराकको संयुक्त कारबाहीमा आईएसका १५ लडाकु मारिए
शनिबार, १५ भदौ २०८१, १८ : १६

वासिङ्टन । अमेरिकाले आफ्नो सेनाले इराकी सुरक्षा बलसँगको संयुक्त कारबाहीमा इस्लामिक स्टेट (आईएस) का १५ लडाकु मारेको जनाएको छ । यस संयुक्त अभियानमा अतिवादी समूहको नेतृत्वलाई निशाना बनाइएको थियो।
अमेरिकी सेन्ट्रल कमान्डले बिहीबार इराकको पश्चिमी भागमा यो संयुक्त अभियान सञ्चालन गरिएको जनाएको छ । यो घटनामा कोही पनि सर्वसाधारण घाइते भएनन् ।
तर, यस कारबाहीमा केही अमेरिकी सैनिक घाइते भएको अमेरिकी सञ्चारमाध्यममा खबरहरू आइरहेका छन् । यसअघि जारी गरिएको विज्ञप्तिमा इराकी सेनाले संयुक्त कारबाहीका क्रममा गरिएको हवाई हमलामा अतिवादीहरूको स्थानलाई निशाना बनाइएको जनाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्भवती र सुत्केरीको हवाई उद्धार सेवा कमजोर, रातिमा किन भएन ?
-
गाजामा धेरै मानिस भोकमरीमा छन् : ट्रम्प
-
बाँकेमा क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
-
पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’
-
‘अपरेसन सिन्दुर’ भारतको बढ्दो सैन्य सामर्थ्यको प्रदर्शन
-
मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती