नास्टमा अनियमितता भएको भन्दै कारबाहीको माग
आइतबार, १६ भदौ २०८१, १४ : ५६
काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) मा सामान खरिद प्रक्रियामा लाखौँको आर्थिक अनियमितता भएको भन्दै कारबाहीको माग गरिएको छ ।
आइतबार नेपाल राष्ट्रिय कर्मचारी संगठनले विज्ञप्ति जारी गर्दै नास्टका प्रदेश कार्यालय कार्यालय व्यवस्थापनका लागि सामग्री खरिदमा आर्थिक अनियमितता भएकाले आवश्यक छानबिन गरी कारबाहीको माग गरेको हो ।
यस्तै संगठनले नियम विपरीत कर्मचारी नियुक्ति, नियुक्ति दिएको व्यक्तिलाई जिम्मेवारी नदिएको लगायत विषयमा अनियमितता भएको आरोप लगाएको छ ।
संगठनले आइतबार नास्टको प्राङ्गणमा कालो झण्डा राखी विरोध गरेको अध्यक्ष होमबहादुर खनालले बताए । उनले भदौ १८ गतेसम्म आन्दोलन जारी राख्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण