असहयोग भएपछि मन्त्रीहरू थाकेका छन् : सहमहामन्त्री पाण्डे
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आफूहरू मन्त्री बनेपछि मन्त्रालय बुझ्ने काम भइसकेको र स्रोत साधन अभावका कारण काम गर्न चुनौती भएको बताएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफ्नो मन्त्रालय बुझेर सबै निराश र थकित भइसकेको बताए । यो निराशालाई चिर्ने हो भने कांग्रेस एमाले मिलेर मन्त्रालयलाई सहज हुने गरी थिंक ट्याङ्क निर्माण गर्न जरुरी रहेको बताए ।
‘हामी मन्त्री बनेको यति समय भयो । मन्त्रालय बुझ्यौँ र सबै मन्त्रीहरू थकित भएका छन् । समन्वयको अभाव छ भनेर उहाँले भन्नुभयो‚’ बैठकमा सहभागी एक नेताले भने‚‘एक्लो लाचार र नसक्ने अवस्थामा पुगेको हो कि भनेर उहाँले भन्नुभयो । कर्मचारी जागिरे मानसिकता भएको र माथिबाट निर्देशन र स्रोत साधनको अभाव भएको कुरा उहाँले भन्नुभयो।’
ती नेताका अनुसार एमाले र कांग्रेस सम्मिलित थिंक ट्याङ्क बनाउन उनले अनुरोध गरेका थिए । साथै उनले जस अपजसको भारी बोक्न तयार हुँदै अलोकप्रिय तर जिम्मेवार निर्णय गर्दै गए रास्वपा लगायत नयाँ र तेस्रो शक्तिमा जनताले विश्वास नगर्ने तथा एमाले कांग्रेस नै मुलुकको स्थायी शक्ति भइरहने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण