बन्धकको शव भेटिएपछि भड्किए नेतान्याहु
तेल अभिभ । गाजा पट्टीमा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भड्किएका छन् ।
शव भेटिएको केही घण्टापछि नेतान्याहुले इजरायलका लागि आराम गर्ने समय नभएको बताएका छन् । इजरायलले बन्धकहरूको मृत्युका जिम्मेवार व्यक्तिलाई पक्राउ नगरेसम्म आफूले आराम नगर्ने उनले बताएका छन् ।
‘जसले बन्धकहरूलाई मार्छ उसले सम्झौता चाहँदैन,’ हमासलाई दिएको एक सन्देशमा उनले भनेका छन् । प्रारम्भिक अनुमान अनुसार बन्धकहरूको मृत्यु इजरायली सेना पुग्नु भन्दा केही समय अगाडि भएको सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले पत्रकारहरूलाई भनेका थिए ।
गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस अवधिमा करिब १२०० मानिस मारिएका थिए र झन्डै २५० जनालाई हमास लडाकुहरूले बन्धक बनाएर गाजामा लगेका थिए ।
युद्धविराम सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेकोले यी मृत्युका लागि इजरायल जिम्मेवार भएको हमासका वरिष्ठ नेता एज्जत अल–रसिकले दाबी गरेको समाचार एजेन्सी रोयटर्सले भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण