मुलरले रेकर्ड बनाउँदा बायर्न विजयी

म्युनिख । थोमस मुलर बायर्न म्युनिखका लागि सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्दा क्लबले फ्रिबर्गमाथि सहज जित हासिल गरेको छ । आइतबार भएको खेलमा बायर्न २–० गोलले विजयी बन्यो ।
खेलको ३८ औँ मिनेटमा क्रिस्टियन गन्टरले ह्यान्डबल गरेपछि ह्यारी कनेले पेनाल्टीमार्फत बायर्नलाई अग्रता दिलाए । यो सिजन बुन्डेस लिगामा उनको यो पहिलो गोल थियो । सन् २०२३ को अगस्तमा बायर्न पुगेका उनले ३४ खेलमा ३७ गोल गरेका छन् ।
दोस्रो हाफमा सब्सिटिट्युटका रूपमा मैदानमा प्रवेश गरेका ३४ वर्षीय मुलर बायर्नका लागि कीर्तिमानी ७१० औँ खेल खेल्दै थिए । उनले जर्मन गोलकिपर सेप मायरको ७०९ खेलको रेकर्ड तोडे ।
उनले ७८ औँ मिनेटमा गोल गर्दै बुन्डेस लिगमा १ सय ५० औँ गोल पनि पूरा गरे । खेलको अन्त्यतिर फ्रिबर्गले पेनाल्टी पाए पनि लुकास होलर गोल गर्नबाट चुकेका थिए ।
नयाँ म्यानेजर भिन्सेन्ट कोम्पानीको नेतृत्वमा बायर्नको यो लगातार दोस्रो जित हो । टोली ६ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय