मुलरले रेकर्ड बनाउँदा बायर्न विजयी
म्युनिख । थोमस मुलर बायर्न म्युनिखका लागि सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्दा क्लबले फ्रिबर्गमाथि सहज जित हासिल गरेको छ । आइतबार भएको खेलमा बायर्न २–० गोलले विजयी बन्यो ।
खेलको ३८ औँ मिनेटमा क्रिस्टियन गन्टरले ह्यान्डबल गरेपछि ह्यारी कनेले पेनाल्टीमार्फत बायर्नलाई अग्रता दिलाए । यो सिजन बुन्डेस लिगामा उनको यो पहिलो गोल थियो । सन् २०२३ को अगस्तमा बायर्न पुगेका उनले ३४ खेलमा ३७ गोल गरेका छन् ।
दोस्रो हाफमा सब्सिटिट्युटका रूपमा मैदानमा प्रवेश गरेका ३४ वर्षीय मुलर बायर्नका लागि कीर्तिमानी ७१० औँ खेल खेल्दै थिए । उनले जर्मन गोलकिपर सेप मायरको ७०९ खेलको रेकर्ड तोडे ।
उनले ७८ औँ मिनेटमा गोल गर्दै बुन्डेस लिगमा १ सय ५० औँ गोल पनि पूरा गरे । खेलको अन्त्यतिर फ्रिबर्गले पेनाल्टी पाए पनि लुकास होलर गोल गर्नबाट चुकेका थिए ।
नयाँ म्यानेजर भिन्सेन्ट कोम्पानीको नेतृत्वमा बायर्नको यो लगातार दोस्रो जित हो । टोली ६ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण