भारतीय एसएसबीद्वारा अवैध हतियारसहित एक नेपाली पक्राउ
रौतहट । रौतहटसँग सिमाना जोडिएको भारत बिहार घोडासहन थाना क्षेत्र अन्तर्गत जमुनियामा भारतीय सीमा सुरक्षा बल एसएसबीको गस्ती टोलीले एक जना नेपालीलाई अवैध हतियार सहित पक्राउ गरेको छ।
तस्करहरूको समूहले रौतहटबाट ठुलो परिमाणमा लागु औषध गाँजा ल्याइरहेको विशेष सूचनाको आधारमा एसएसबीको ७१ औं बटालियन जमुनिया क्याम्पबाट गएको टोलीले गएराति चेकजाँच गर्दा अवैध हतियार सहित नेपाली नागरिकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रौतहटको बौधिमाई नगरपालिका बंकुल गाउँका ३० वर्षीय सिकिन्दर यादव रहेको एसएसबी क्याम्प पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल कुमारले बताए ।
यादवले कम्मरमा लुकाई राखेको १ थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ३ थान गोली बरामद भएको कमान्डेन्ट कुमारले जानकारी दिए ।
पक्राउ परेका यादव समेतको तस्कर गिरोहले नेपालको बिभिन्न स्थान बाट लागु औषध गाँजा भारतीय क्षेत्रमा तस्करीको माध्यमले पुर्याउने गरेको एसएसबीको दाबी छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले पनि यादव अवैध हतियार सहित भारतीय क्षेत्रमा पक्राउ परेको पुष्टि गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
-
नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
-
एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि
-
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
-
युनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ स्थानीय लाभान्वित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण