आफ्नै साथीसँग हारेपछि उपाधि जोगाउने गौफको सपना चकनाचुर

काठमाडौँ । प्रभावशाली अमेरिकी खेलाडी कोको गौफ वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिताको चौथो चरणको खेलमै पराजित भएकी छन् । आफ्नै राष्ट्रकी प्रतिद्वन्द्वीसँग पराजित भएपछि उपाधि जोगाउने उनको योजना चकनाचुर भएको छ ।
यूएस ओपनको साविक विजेतासमेत रहेकी तेस्रो वरीयतामा आसिन गौफलाई १३औँ वरीयतामा आसिन अमेरिकी खेलाडी एमा नाभारोले ६–३, ४–६, ६–३ अङ्कले हराएकी हुन् । प्रभावशाली खेलाडी गौफले खेलका क्रममा थुप्रै गल्ति गरेकी थिइन् ।
२० वर्षीया गौफ सन् २०२३ मा यूएस ओपनको महिला एकलतर्फको उपाधि चुमेकी थिइन् । उनले जितेको त्यो एकमात्र ग्रान्डस्लाम उपाधि पनि हो । उनले बाँकी तीन ग्रान्डस्लाम अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डनको उपाधि भने जित्न सकेकी छैनन् ।
गौफ यसै वर्ष पेरिसमा सम्पन्न गृष्मकालीन ओलम्पिकमा पनि तेस्रो चरणमै पराजित भएकी थिइन् । ‘यसअघि म पहिलो चरणमै पराजित हुँदै आएकी थिएँ तर, यसपटक कम्तिमा क्वार्टरफाइनलसम्म पुग्ने लक्ष्य बनाएकी छु । त्यसमा म सफल पनि भएँ,’ बलियो प्रतिद्वन्द्वीलाई हराएपछि नाभारोले भनिन् ।
न्यू योर्क आफू जन्मिएको सहर भएकाले यो जित महत्वपूर्ण रहेको उनले बताएकी छन् । दुई महिनाअघि सम्पन्न विम्बल्डनको चौथो चरणमा पनि नाभारोले नै गौफलाई हराएकी थिइन् । त्यतिबेला नाभारो विम्बल्डनको क्वार्टरफाइनलमा पराजित भएकी थिइन् ।
२३ वर्षीय नाभारो पहिलो ग्रान्डस्लाम उपाधिको खोजिमा छिन् । केही समयअघि सम्पन्न पेरिस ओलम्पिकमा उनी तेस्रो चरणमा पराजित भएकी थिइन् । नाभारोसँग पराजित भएपछि गौफले सन् २०१४ पछि पहिलो पटक यूएस ओपनको उपाधि जोगाउने खेलाडी बन्ने अवसर गुमाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशील र अञ्जनाको ‘परिवर्तन’ झापाबाट सुरु
-
ऐतिहासिक पनौती हिलेजात्राको तयारी तीव्र
-
‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड’का लागि भियतनाम उडे रोहित र प्रशंसा
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा पर्यटनसँग जोडिँदै
-
विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित