इजरायलका प्रस्तावित राजदूत पण्डितले भने– विपिन जोशीको रिहाइका लागि भरमग्दुर प्रयत्न गर्छु
काठमाडौँ । इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइका लागि भरमग्दुर प्रयत्न गर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गर्दै उनले जोशीको रिहाइका लागि भरमग्दुर प्रयत्न गरी स्वदेश पठाउने कोसिस गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘गत वर्ष भएको द्वन्द्वमा परी १२ जना सुदूरपश्चिम विश्वविद्यालयका कृषि क्षेत्रमा कमाउने र सिक्ने विचारले गएका छात्रछात्रा हमासको आकस्मिक आक्रमणमा मारिएका थिए । एक जना विपिन जोशी अझै पनि हमासको कब्जामा रहेकाले विपिन जोशीको रिहाइका लागि भरमग्दुर प्रयत्न गरी स्वदेश पठाउने कोसिस गर्ने छु’, उनले संसदीय सुनुवाइका क्रममा भने ।
उनले आफूले हालसम्म हासिल गरेका ज्ञान, सिप, क्षमता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवहरूको पूर्ण सदुपयोग गरी नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान एवं समुन्नतिका लागि निरन्तर प्रयत्नशील रहँदै नेपालको बृहत्तर हित प्रवर्द्धनका लागि कटिबद्ध रहने प्रतिबद्धता जनाएका छन् ।
उनले देशलाई विश्वसामु शिर ठाडो पार्ने गरी आफ्ना कामहरू गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण