नेपाल बारले घोषणा गर्यो आन्दोलनका कार्यक्रम
काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आइतबार न्याय परिषद् घेरेको बारले आज सर्वोच्च अदालत परिसरमा धर्ना दिने कार्यक्रम राखेको छ।
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बार अब निरन्तर आन्दोलनमा उत्रेको बताए । बारले सर्वोच्च अदालत बार एसोसिएसनसहित उपत्यका बार एकाइका कानुन व्यवसायीहरूलाई २ बजेदेखि ३ बजेसम्म धर्नाका लागि सर्वोच्च परिसरमा उपस्थित हुन अनुरोध गरेको छ।
‘विवादास्पद संशोधित न्याय परिषद् नियमावलीविरुद्ध धर्ना कार्यक्रम सर्वोच्च अदालत परिसरमा दिनको २ः००–३ः०० सम्म नियमित रूपमा विरोधको कार्यक्रम सञ्चालन हुने हुँदा यसै सूचनामार्फत उपस्थितिको लागि हार्दिक आह्वान गर्दछौँ ’ बारले आफ्ना सदस्यहरूलाई अनुरोध गरेको छ।
बारले यसअघि प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित न्याय परिषदमा ज्ञापनपत्र बुझाउने गर्दै आएका थिए । आफूहरूले संविधान नै संशोधन गरेको नियमावली सच्चाउन भनी यसअघि गरेको अनुरोध अस्वीकार गरेकाले बाध्य भएर आन्दोलनमा उत्रेको महासचिव अन्जिता खनालले बताइन् । उनले अब नियमावली संशोधन नभएसम्म बारले आन्दोलनको कार्यक्रम चलाउने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण