बागमतीमा हामफालेर बेपत्ता युवतीको नोट : ‘यसमा कसैको दोष छैन’
सेना र सशस्त्रका गोताखोरले खोज्दै
सोमबार, १७ भदौ २०८१, १५ : ५३
काठमाडौँ । लतिलपुरको च्यासल नजिकै दोभान पुलबाट बामगती नदीमा हामाफालेर बेपत्ता २० वर्षीया युवतीले छाडेको ‘नोट’बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पुलमुनि भेटिएको नोटमा उनले लेखेकी छन्, ‘यसमा कसैको दोष छैन ।’
अङ्ग्रेजीमा लेखिएको नोटमा २० वर्षीया अञ्जली शर्माले घटना आफ्नै कारणले भएको उल्लेख गरेकी छन् । भदौ १६ मा बेलुका ७ बजेतिर ललितपुर महानगरपालिका–९ च्यासलस्थित पुलबाट रुकुम मुसिकोट घर भएर बालकुमारी बस्ने शर्मा हामफालेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
पुलमुनि फेला परेको मोबाइल र झोला अञ्जलीकै भएको पुष्टि भएको ललितपुरका एसपी नरेशराज सुवेदीले रातोपाटीलाई बताए । अञ्जलीको खोजीमा सेना र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सशस्त्र र सेनाका गोताखोरले दोभान पुल हुँदै बल्खुसम्म खोजी गरेका छन् । तर, बल्खुसम्म खोज्दा उनको अवस्था अज्ञात छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण