बारले दोस्रो दिन पनि दियो न्याय परिषद्मा धर्ना
सोमबार, १७ भदौ २०८१, १६ : ०९
काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले दोस्रो दिनपछि न्याय परिषद्मा धर्ना दिएको छ। आइतबार एक घण्टा धर्ना बसेर न्याय परिषद्को बैठक बस्न नदिएको बारले सोमबार पनि त्यसलाई निरन्तरता दिँदै २ देखि ३ बजेसम्म धर्ना दिएको हो ।
_rXzWV2SSQE.jpg)
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बार आन्दोलनमा उत्रन बाध्य भएकाले अब निरन्तर आन्दोलनमा उत्रेको बताए । बारले सर्वोच्च अदालत बार एसोसिएसनसहित उपत्यका बार इकाईका कानुन व्यवसायीहरू धर्नामा उतारेको थियो ।
_58ybcwklqD.jpg)
एक वर्षअघि संशोधन गरिएको नियमावलीलाई लिएर बार आन्दोलनमा उत्रेको हो । बारले उक्त नियमावलीका आधारमा नियुक्ति गर्न नमिल्ने र न्याय परिषद्ले पारदर्शी रूपमा न्यायाधीश नियुक्ति गर्नुपर्ने माग गरेको छ।
_2P8NnUkf0G.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण