डेंगुको ‘हटस्पट’ बन्यो गण्डकी प्रदेश, अन्य प्रदेशमा सङ्क्रमित सङ्ख्या कति ?
काठमाडौँ । गण्डकी प्रदेश डेंगुको हटस्पट बनेको छ । पछिल्लो सरकारी तथ्याङ्क अनुसार सबै भन्दा बढी २९ सय ५४ जना डेंगु सङ्क्रमित सङ्ख्या गण्डकी प्रदेशमा देखिएका छन् । देशभर रहेका डेंगु सङ्क्रमितमध्ये गण्डकीमा मात्रै ४६.५ प्रतिशत रहेका हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार हालसम्म देशभर ६ हजार ३४७ डेंगु सङ्क्रमित रहेका छन् ।
यस्तै, बागमती प्रदेशमा १६ सय २३ जना डेंगु सङ्क्रमित छन् । यस्तै, कोशीमा ७९१ जनालाई डेंगु सङ्क्रमण भएको छ भने मधेसका एक सय जनामा डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ ।
लुम्बिनीका ४४४ जनामा, कर्णालीका ९३ जना र सुदूरपश्चिमका ३४२ जनामा डेंगु सङ्क्रमण भएको छ ।
देशभर ७७ मध्ये हुम्ला र मुस्ताङ बाहेक ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । माघ महिनायता फैलिएको उक्त डेंगु सङ्क्रमणबाट ३ जनाको मृत्यु समेत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण