यस्तो छ कतारका लागि प्रस्तावित राजदूत पौडेलको कार्ययोजना (पूर्णपाठ)
काठमाडौँ । कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकमा प्रस्तावित राजदूत पौडेलले सात पेज लामो कार्ययोजना प्रस्तुत गरेका हुन् ।
कार्ययोजनामा उनले कतारमा रहेका नेपाली श्रमिकहरूको हित संरक्षण तथा प्रवर्द्धनमा जोड दिने बताएका छन् । साथै उनले नेपाल–कतार कूटनीतिक सम्बन्ध विस्तार गर्दै सरकारको परराष्ट्र नीति र अख्तियारीको दायरा भित्र रहेर नियोगलाई प्राप्त हुने भौतिक श्रोत साधनको अधिकतम सदुपयोग गरी नेपाल र कतार राज्य एवं इस्लामिक गणतन्त्र इरान बिच रहिआएको द्विपक्षीय दौत्य सम्बन्धलाई थप विस्तार, सुदृढ र समय सापेक्ष विकास गर्न भूमिका खेल्ने बताएका छन् ।
‘आपसी सद्भाव, सहकार्य र सहयोग अभिवृद्धि गर्दै नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, वैज्ञानिक तथा औद्योगिक विकासमा निरन्तर क्रियाशील रहनुका साथै त्यहाँ रहेका नेपालीहरूलाई संरक्षण र सेवा प्रदान, नेपालको प्रतिष्ठा अभिवृद्धि गर्नु एक जिम्मेवार पदाधिकारीको हौसियतले प्रमुख कर्तव्य हुनेछ’, प्रस्तावित राजदूत पौडेलको कार्ययोजनामा छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण