सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले बुझायो ललितपुर महानगरकी उपप्रमुख शाक्यलाई ध्यानाकर्षणपत्र
मङ्गलबार, १८ भदौ २०८१, १५ : ४४
काठमाडौँ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले ललितपुर महानगरपालिकाकी उपप्रमुख अञ्जली शाक्यलाई ध्यानाकर्षणपत्र बुझाएको छ । मंगलबार समितिले ललितपुर महानगर पुगेर उपप्रमुख शाक्यलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
समितिले उपत्यकाका मुलवासी, आदिवासी रैथाने जनतालाई उठीबास गराउने गरी सर्वोच्च अदालतको डिभिजन बेन्चद्वारा गरिएको निर्णयविरुद्ध बैठक र संघर्षको कार्यक्रम जारी राखेको छ ।
यसअघि भदौ १६ गते काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले ध्यानाकर्षणपत्र बुझेका थिएनन् ।
तर मंगलबार ललितपुर महानगरपालिकाका मेयर अनुपस्थित रहे पनि उपमेयर अञ्जली शाक्यले ध्यानाकर्षण पत्र बुझेपछि पीडितहरू हर्षित भएका छन् ।
उपमेयर शाक्यले जनतालाई उठीबास गराउने गरी हतार–हतारमा ललितपुर महानगरले कुनै सूचना जारी नगर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
-
लिमी चौकीमा फर्किए सुरक्षाकर्मी
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोग: गोली संसद् भवनभित्रबाटै चल्यो, कसले चलायो थाहा छैन
-
औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
अहिलेकाे बजेट कुनै क्षेत्रमा फोकस छैन : वर्षमान पुन
-
द भ्वाइस अफ हिन्द रजाब : युद्धभूमिमा फुलेको एउटा फूल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण