प्रचण्डलाई कांग्रेस सांसदको प्रश्न– मार्सी भात खाएर गरेको गठबन्धन बिर्सिनुभयो ?
काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आपत्ति जनाएका हुन् ।
सांसद ढुंगानाले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले देश श्रीलंका र बंगलादेश बन्छ भन्दै अभिव्यक्ति दिन नमिल्ने बताए । उनले आफू सत्तामा रहुन्जेल सही र अर्को व्यक्ति सत्तामा जाने बित्तिकै गलत नहुने बताए । उनले पदका लागि यताउति गरिरहने अस्थिरताका कारण देश अफ्ठ्यारोमा परेको आवश्यकताले अहिलेको गठबन्धन बनेको बताए । उनले अहिलेको गठबन्धन रातमा कहाँ गर्यो ? भन्ने अभिव्यक्ति दिएको भन्दै अध्यक्ष प्रचण्डलाई मार्सी चामलको भात खाएर गरिएको गठबन्धन बिर्सिनु भयो भन्दै प्रश्न गरे ।
उनले भने, ‘हामीले गठबन्धन गर्दा रातमा कहाँ गर्यो रे ? १२ बजे कहाँ पुग्यो रे । ए मार्सी चामलको भात बिर्सिनु भयो ? मार्सी चामलको खाएको भात बिर्सिनु भयो तपाईँहरूले ? त्यसैले कसैले गाली गर्दा आफ्नो अनुहार पनि ऐनामा हेर्नुपर्छ ।’
सांसद ढुंगानाले भ्रष्टाचार र सुशासनका कुरा गर्ने गरेको भन्दै सुनकाण्ड कहाँ गयो ? कति जना जेलमा छन् भन्दै प्रश्न गरे । उनले नेताहरूकै कारणबाट यो देश यहाँसम्म आइपुगेको बताए । स्थिरताका लागि अहिलेको सरकार आवश्यक रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण