विदेशी पर्यटकले तिर्नुपर्ने कर तेब्बर बनाउँदै न्युजिल्यान्ड
अकल्यान्ड । न्युजिल्यान्डले विदेशी पर्यटकहरूसँग लिँदै आएको कर तेब्बर बनाउने भएको छ । मंगलबार त्यहँको नेशनल पार्टी नेतृत्वको गठबन्धन सरकारले अन्तर्राष्ट्रिय आगन्तुक संरक्षण तथा पर्यटन शुल्क हालको ३५ न्यूजिल्यान्ड डलर (२२ अमेरिकी डलर)बाट बढाएर १०० न्यूजिल्यान्ड डलरमा पुर्याउने घोषणा गरेको छ । नयाँ कर अक्टोबर १ देखि लागु हुने बताइएको छ ।
करमा गरिएको वृद्धिले घरेलु पर्यटन उद्योगको वृद्धि विकासमा टेवा मिल्ने र संरक्षण क्षेत्र एवम् परियोजनामा पर्यटनको योगदान सुनिश्चित गर्ने पर्यटनमन्त्री म्याट डूसेले भनेका छन् । यसले विदेशी पर्यटकको सङ्ख्यामा खासै ठुलो असर नपार्ने उनको भनाइ छ । तर पर्यटन उद्योगहरूको छाता संगठन आओतेआरोआले भने करमा गरिएको वृद्धिले विदेशी पर्यटकका लागि न्युजिल्यान्डमा आगमन महँगो बनाउने बताएको छ ।
आगन्तुक भिसा शुल्कमा हालै गरिएको वृद्धि र पर्यटकहरूबाट लिइने कर तेब्बर बनाइँदा न्युजिल्यान्ड आउन लाग्ने लागत ५०० न्यूजिल्यान्ड डलर हुने र यो क्यानडाको तुलनामा दोब्बर भन्दा धेरै र अष्ट्रेलियाको तुलनामा दुई तिहाइ बढी भएको बताइएको छ । कोभिडयता न्युजिल्यान्डको पर्यटन उद्योग पुनःबहालीको मामिलामा बाँकी विश्वभन्दा पछाडि छ । सरकारको पछिल्लो कदमले यसमा थप ढिलाइ गर्ने विश्लेषण विज्ञहरूले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण