चोट लागेकै अवस्थामा ‘सिकंदर’को सुटिङ गरिरहेका छन् सलमान
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खान हिजोआज ‘सिकंदर’को सुटिङमा व्यस्त छन् । करंगमा चोट लागेको भएपनि अभिनेता फिल्मको सुटिङमा व्यस्त छन् ।
हालै फिल्मको सेटबाट सलमान र निर्माता साजिद नाडियाडवालाको नयाँ तस्बिर सार्वजनिक भएको छ । यतिबेला निर्माण पक्षले चलचित्रको ४५ दिनको शेड्यूल छायांकन गरिरहेको छ । यसपछिको अर्काे शेड्यूल हैदरावादको एक दरबारमा हुनेछ ।
विमानमा एक्सन दृश्य
फिल्मको छायांकन जुनमा सुरु भएको थियो । यसका लागि निर्माताले धारावी र माटुङ्गा जस्ता सेट बनाएका छन् । फिल्ममा एक्शन सिन पनि छ । सलमानले समुद्र सतहबाट ३३ हजार फिट उचाइमा रहेको प्लेनभित्र यो एक्शन सिन सुट गर्नेछन् । सलमानलाई करङमा चोट लागेको छ तर उनले थप सावधानी अपनाउँदै सुटिङ गरिरहेका छन् । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने सलमान आजकल आफ्नो तौल घटाउँदै छन् र आफूलाई फेरि फिट बनाउन व्यस्त छन् ।
रश्मिका पहिलो पटक देखिँदैछन् ठूलो पर्दामा
दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्डन्ना पहिलो पटक सलमानको अपोजिटमा सिकंदरमा देखिने भएकी छिन् । फिल्मलाई साउथका निर्देशक एआर मुरुगादासले निर्देशन गर्दैछन् । फिल्म आगामी वर्षको इदमा रिलिज हुनेछ । फिल्ममा सलमान र रश्मिकाका अलावा ‘बाहुबली’ फेम कटप्पा अर्थात् अभिनेता सत्यराज पनि रहनेछन् । साथमा प्रतीक बब्बर पनि देखिनेछन् ।
कामको कुरा गर्ने हो भने सलमान खान अन्तिम पटक फिल्म ‘टाइगर ३’मा देखिएका थिए । यसमा उनी कट्रिना कैफ र इमरान हाश्मीसँग देखिएका थिए । सिकंदर बाहेक सलमानसँग अहिले हातमा करण जोहरको ‘द फोर्स’ र यशराजको ‘टाइगर भर्सेस पठान’ पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण