पार्टी कार्यकर्तासँगै कमिटीको मूल्यांकन गर्ने एमाले कार्ययोजना
काठमाडौँ । नेकपा एमालेले २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढाएको छ ।
एमाले मुख्यालय च्यासलमा मंगलबार सुरु भएको पोलिटब्युरो बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको २३ पेज लामो कार्ययोनामा बुधबार बस्ने बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने छन् । कार्ययोजनामाथि राय राख्न नेताहरूलाई ३ मिनेटको समय छुट्याएको छ । त्योभन्दा बढी धारणा राख्ने सदस्यहरूलाई लिखित रूपमा दिन एमालेले भनेको छ ।
निर्णायक ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’, नाम दिएको कार्ययोजनामा पार्टी सदस्यता नवीकरण विस्तार तथा अभिलेखीकरणलाई प्राथमिकतामा राखिएको छ । जसमा १० लाख पार्टी सदस्य पुर्याउने लक्ष्य लिइएको छ ।
त्यस्तै कार्यक्रमको उद्देश्यका रूपमा ०८४ मा हुने चुनावबाट एमालेलाई पहिलो र बलियो शक्ति बनाउनु रहेको उल्लेख छ ।
कार्ययोजनमा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन जतिसक्दो चाँडो गर्ने र पार्टी कमिटीहरूलाई व्यवस्थापन गर्ने विषय समेटिएको छ । त्यसैगरी विभिन्न पार्टीहरूबाट पार्टी प्रवेश र पार्टी अधिवेशनबाट बाहिरिएका नेताहरूलाई व्यवस्थापन गर्ने विषय पनि कार्ययोजनामा उल्लेख छ । प्रस्तावमा पार्टी कार्यकर्ता र पार्टी कमिटीको कामको समेत अनिवार्य मूल्याङ्कन गर्नुपर्ने भनिएको छ । यसअघि एमालेले पार्टी कार्यकर्ताको मात्र मूल्याङ्कन गर्ने गरेकोमा प्रस्ताव पारित भए अव पार्टी कमिटीको समेत मूल्याङ्कन गर्ने भएको छ ।
त्यस्तै विधिसम्मत रूपमा पार्टी कमिटी परिचालन र पार्टीभित्रका अन्तरविरोधहरुको व्यवस्थापन र न्यूनीकरणको विषय पनि कार्ययोजनामा उल्लेख छ ।
‘स्थायी रूपमा पार्टी स्कुल सञ्चलन र अभियानका रूपमा प्रशिक्षण, सरकार र जनप्रतिनिधिहरूको प्रभावकारी परिचालन, प्रत्येक पार्टी कार्यालयहरूको व्यवस्थापन र सञ्चालन, व्यवस्थित प्रचार कार्य र प्रचार सञ्जालको विस्तारलगायत १८ विषय कार्ययोजनामा समेटिएका छन्’, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘यी प्रस्तावहरू बुधबारको बैठकबाट पारित गरेर कार्यान्वयनमा जानेछन् ।’
पदाधिकारीको पनि मूल्याङ्कन
प्रस्तावमा पार्टी कामको मूल्याङ्कनलाई नियमित र व्यवस्थित गरिनुपर्ने उल्लेख छ । हरेक कमिटीका नेताहरूको मूल्याङ्कन माथिल्लो कमिटीबाट गरिने र त्यसरी मूल्याङ्कन गर्दा केन्द्रीय पदाधिकारीको समेत मूल्याङ्कन हुने उल्लेख छ । केन्द्रीय पदाधिकारीको मूल्याङ्कन गर्ने जिम्मा केन्द्रीय अध्यक्षलाई दिने प्रस्ताव छ ।
‘केन्द्रीय पदाधिकारीको मूल्याङ्कन गर्ने जिम्मा केन्द्रीय अध्यक्षलाई दिने प्रस्ताव गरिएको छ भने केन्द्रीय सदस्यहरूको कामको मूल्याङ्कन महासचिवले गर्ने भनिएको छ’, एक पोलिटब्युरो सदस्यले भने, ‘मूल्याङ्कनको रिपोट पार्टी अध्यक्षलाई बुझाइने छ ।’
पार्टीको विचारबाट प्रशिक्षित पङ्क्ति निर्माण गर्न स्थायी रूपमै चल्ने पार्टी स्कुलको प्रस्ताव गर्दै पार्टी सदस्यहरू र नवप्रवेशीलाई प्रशिक्षित गर्न तहगत रूपमा स्थायी स्कुलको योजना विस्तार गर्ने भनिएको छ ।
जनताको विश्वास जित्न पार्टी नेता तथा कार्यकर्ताको जीवनशैली, आचरण र व्यवहार महत्त्वपूर्ण हुने भन्दै ‘पार्टी जीवनको शुद्धीकरण’ शीर्षकमा एमालेले सरल र नैतिक नेता–कार्यकर्ता बन्न/बनाउन लाग्नुपर्ने महासचिवको प्रस्तावमा छ ।
त्यसैगरी आर्थिक आचरण र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्न खोज्ने विकृति पार्टीमा हुर्किँदै गएको भन्दै सरल जीवनशैलीलाई बढवा दिने तथा आर्थिक तथा यौन आचरणका विषयमा कारबाही गरिनुपर्ने प्रस्ताव गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीले लिए पद तथा गोपनियताको सपथ
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण