डेढ घण्टा पछि सर्यो एमाले पोलिटब्युरो बैठक
काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक डेढ घण्टा पछि सरेको छ । ‘११ बजेलाई तय भएको बैठक साढे १२ बजेलाई सरेको छ’, सचिव योगेश भट्टराईले भने, ‘अध्यक्षको व्यस्तताले केही समय धकेलिएको हो ।’
एमाले मुख्यालय च्यासलमा मङ्गलवार सुरु भएको बैठकमा महासचिव शङ्कर पोखरेलले प्रस्ताव गरेका एक बर्से कार्य योजनामाथि छलफल गरेर पारित गर्ने मुख्य एजेन्डा छ । प्रस्तावमाथि पोलिटब्युरो सदस्यलाई आफ्नो राय राख्न तीन मिनेटको समय छुट्ट्याइएको छ । त्यो भन्दा बढी धारणा राख्ने सदस्यहरूलाई लिखित रूपमा दिन एमालेले भनेको छ ।
निर्णायक ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’, नाम दिएको कार्ययोजनामा सङ्गठन विस्तारमा जोड दिँदै पार्टी सदस्यता नवीकरण, विस्तार तथा अभिलेखीकरणलाई एमालेले प्राथमिकतामा राखेको छ । त्यस्तै ०८४ मा हुने चुनावबाट एमालेलाई पहिलो र बलियो शक्ति बनाउने उद्देश्यका साथ गतिविधि गर्ने एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
-
अव्यवस्थित तार हटाउने कार्य : दुई मन्त्रीको संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही गरिने
-
शिक्षकहरूको गुनासो– हामीलाई प्रोत्साहन भत्ताबाट वञ्चित गरियाे
-
क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि साउन १४ सम्मको समयसीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण