वैदेशिक रोजगारीमा जाने महिलालाई पूर्व प्रस्थान अभिमुखीकरण तालिम निःशुल्क
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने महिला श्रमिकहरूलाई निःशुल्क रूपमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदान गरिँदै आएको छ । वैदेशिक रोजगारीमा जानुपूर्व अनिवार्य रूपमा लिनुपर्ने तालिम महिला श्रमिकको हकमा निःशुल्क प्रदान गर्दै आएको हो ।
त्यसका लागि तालिम लिएको प्रमाण र शुल्क तिरेको प्रमाण वैदेशिक रोजगारी बोर्डको सचिवालयमा पेस गर्नुपर्ने व्यवस्था छ । हाल उक्त व्यवस्थालाई थप सहजिकरण गर्दै तालिम दिने संस्थालाई समेत सिधै सोधभर्ना गर्न सकिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।
बोर्डका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेतीले महिला श्रमिकलाई निःशुल्क तालिम लिने प्रावधान विगतदेखि नै रहेको बताए । विगतमा तालिम लिइसकेपछि शुल्क तिरेको रसिद बोर्डमा बुझाएपछि मात्रै बोर्डले उक्त शुल्क फिर्ता गर्ने व्यवस्था थियो । हाल त्यसलाई थप परिमार्जित गर्दै संस्थाहरूलाई नै पैसा भुक्तानीको व्यवस्था मिलाइएको बताए ।
वैदेशिक रोजगारमा जान चाहने नेपालीहरू ठगी तथा समस्यामा नपरुन र सम्बन्धित देशको कानुनी तथा अन्य विषयवस्तुमा जानकार होस् भन्ने अभिमुखीकरण तालिम प्रदान गर्दै आएको बोर्डले जनाएको छ । अभिमुखीकरण तालिमका लागि श्रमिकबाट ७०० रुपैयाँ शुल्क लिने गरेका छन् । गत वर्ष श्रम मन्त्रालयले उक्त शुल्क बढाएर २१०० पुर्याएको थियो ।
त्यसपछि तत्कालीन श्रममन्त्री डीपी अर्यालले शुल्क बढाउने निर्णय खारेज गरेका थिए । अर्यालको उक्त निर्णयका विरुद्धमा व्यवसायीहरू अदालत पुगेका थिए । अदालतले अर्यालले गरेको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि हालसम्म उक्त शुल्कको विषयमा भने एकरूपता छैन । कसैले ७०० नै लिइरहेका छन् भने कसैले २१०० नै लिइरहेका छन् ।
श्रम मन्त्रालयले भने अदालतमा विचाराधीन मुद्दा टुङ्गिएपछि मात्रै निर्णय गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण