ब्रिक्समा समावेश हुन खोज्दै टर्की
अंकारा । टर्कीले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको विकासशील अर्थव्यवस्थाको समूह अर्थात् ब्रिक्समा सामेल हुन चाहिरहेको छ । समाचार एजेन्सी एपीसँग टर्कीका एक अधिकारीले यसको पुष्टि गरेको भन्दै बीबीसीले समाचार छापेको छ । तर टर्कीले यसको औपचारिक घोषणा गरिसकेको छैन ।
रुसी राष्ट्रपति भ्लोदिमिर पुटिनका प्रवक्ता दिमित्री पेसकोभले सोमबार टर्कीले ब्रिक्समा सामेल हुने इच्छा व्यक्त गरेको बताएका थिए । टर्की नेटो (उत्तर अट्लान्टिक सन्धी संगठन)को सदस्य देश हो । ब्रिक्समा सामेल हुन खोज्ने टर्की नेटोको पहिलो सदस्य देश पनि हो ।
टर्कीले कयौँ महिना अघि नै समूहमा संलग्न हुन आवेदन दिएको बताइएको छ । यसको प्रक्रिया चलिरहेको तर यसमा ठोस प्रगति भने नभएको टर्कीका राष्ट्रपति रजेप तैयप एर्दोगानको सत्तारुढ दलका प्रवक्ता ओमेर सेलिकले भनेका छन् ।
टर्कीले ब्रिक्स लगायत सबै महत्त्वपूर्ण मञ्चहरूमा सहभागी हुन चाहेको एर्दोगनले स्पष्ट रूपमा भनिसकेको पनि उनले बताएका छन् । सन् २०१० मा स्थापना हुँदा ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मात्रै थिए । तर पछि यसमा इरान, इजिप्ट, इथोपिया र संयुक्त अरब इमिरेट् पनि थपिएका छन् ।
यस्तै यसमा सामेल हुने विचार साउदी अरबले पनि व्यक्त गरेको छ । अजरबैजानले भने यसका लागि औपचारिक रूपमा आवेदन नै दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण