ब्रिक्समा समावेश हुन खोज्दै टर्की

अंकारा । टर्कीले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको विकासशील अर्थव्यवस्थाको समूह अर्थात् ब्रिक्समा सामेल हुन चाहिरहेको छ । समाचार एजेन्सी एपीसँग टर्कीका एक अधिकारीले यसको पुष्टि गरेको भन्दै बीबीसीले समाचार छापेको छ । तर टर्कीले यसको औपचारिक घोषणा गरिसकेको छैन ।
रुसी राष्ट्रपति भ्लोदिमिर पुटिनका प्रवक्ता दिमित्री पेसकोभले सोमबार टर्कीले ब्रिक्समा सामेल हुने इच्छा व्यक्त गरेको बताएका थिए । टर्की नेटो (उत्तर अट्लान्टिक सन्धी संगठन)को सदस्य देश हो । ब्रिक्समा सामेल हुन खोज्ने टर्की नेटोको पहिलो सदस्य देश पनि हो ।
टर्कीले कयौँ महिना अघि नै समूहमा संलग्न हुन आवेदन दिएको बताइएको छ । यसको प्रक्रिया चलिरहेको तर यसमा ठोस प्रगति भने नभएको टर्कीका राष्ट्रपति रजेप तैयप एर्दोगानको सत्तारुढ दलका प्रवक्ता ओमेर सेलिकले भनेका छन् ।
टर्कीले ब्रिक्स लगायत सबै महत्त्वपूर्ण मञ्चहरूमा सहभागी हुन चाहेको एर्दोगनले स्पष्ट रूपमा भनिसकेको पनि उनले बताएका छन् । सन् २०१० मा स्थापना हुँदा ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मात्रै थिए । तर पछि यसमा इरान, इजिप्ट, इथोपिया र संयुक्त अरब इमिरेट् पनि थपिएका छन् ।
यस्तै यसमा सामेल हुने विचार साउदी अरबले पनि व्यक्त गरेको छ । अजरबैजानले भने यसका लागि औपचारिक रूपमा आवेदन नै दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह