नेशनल किड्स अफ दि इयरका प्रतियोगीले देखाए ट्यालेन्ट
काठमाडौँ । छैटौँ ‘नेशनल किड्स अफ दि इयर २०२४’का ६० प्रतियोगीले आफूमा रहेको विभिन्न ट्यालेन्ट देखाएका छन् । होटल मल्लमा आयोजित ‘ट्यालेन्ट’ राउण्ड’ अन्तर्गत उनीहरुले नृत्य, गायन, वक्तृत्वकला, प्रहसन लगायतका विभिन्न कला प्रस्तुत गरेका हुन् । ट्यालेन्ट शो नेपाली कलासंस्कृतिमा केन्द्रित गरिएको थियो ।
ट्यालेन्ट राउण्डको निर्णयमा गायक निर्णय श्रेष्ठ, गायक कमल खत्री, अभिनेता अमित गिरी, नृत्य निर्देशक संगीता श्रेष्ठ, क्लासिकल डान्सर सिता सुवेदी र सेक्सोफोन मास्टर सन्दीप कार्की रहेका थिए । ट्यालेन्ट राउण्डको विजेता फाइनल प्रतिस्पर्धामा घोषणा गरिनेछ ।
सिनियर र जुनियर गरेर दुई क्याटवरी रहेको प्रतियोगितामा जुनिएरमा कक्षा १ देखि ४ सम्म र सिनिएमा ५ देखि ८ सम्म अध्यायनरत छात्रछात्रा छन् । सिनियरमा २० र जुनियरमा ४० प्रतियोगी रहेका छन् । उपत्यकाका थुप्रै स्कुलका विद्यार्थीहरु सहभागी छनौट चरणको अडिसनबाट प्रतियोगी छानिएका हुन् । यी प्रतियोगितामा २५ स्कुलको प्रतिनिधित्व रहको आयोजकले जनाएको छ ।
इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टको आयोजनामा रहेको प्रतियोगिताको प्रतियोगी अहिले फाइनल स्पर्धाका लागि प्रशिक्षण मार्फत आफूलाई निखारिरहेका छन् । प्रशिक्षणको क्रममा सोफिया महर्जन कार्कीले पब्लिक स्पिज, स्वस्तिका राजभण्डारीले पुर्सनल डेभबलमेन्ट, अशान्त शर्मा अभिनय, लीजा श्रेष्ठले नृत्य प्रशिक्षक रहेका छन् । लीजा श्रेष्ठ आयोजक इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टको एमडी हुन् । प्रशिक्षणको क्रममा समय समयमा सेलिब्रेटी, मिडिया पर्सनबाट पनि प्रशिक्षण हुँदै आएको छ ।
असोजको दोस्रो साता फाइन हुने प्रतियोगितामा सिनियर र जुनियर गरेर दुई शीर्ष विजेता सहित विभिन्न उप–विद्यामा समेत विजेता छानिनेछन् । शीर्ष दुई विजेताले नगद २५ हजार, अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी अवसरको अलवा विभिन्न गिफ्ट प्राप्त गर्नेछन् । अन्य विजेताले पनि विभिन्न गिफ्टहरु प्राप्त गर्नेछन् ।
बच्चाहरूलाई नेपाली कल्चरको जानकारीसहित उनीहरूको प्रतिभा निखार्दै भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको आयोजक इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टका धिरज तण्डुकारकोइभेन्ट बेटर ग्यालेक्सीका प्रमुख धिरज तन्डुकारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा ९ जनाको मृत्यु
-
निहारिका गेटमै धर्ना बसेपछि सिंहदरबारमा जे देखियो, तस्बिरहरू
-
प्रधानमन्त्री बालेनद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन
-
फुटबलको महासङ्ग्राम : इंग्ल्याण्ड-अर्जेन्टिना दुश्मनीको कथा कहाँबाट सुरु भयो ?
-
२५ वर्षे विकासको मार्गचित्र कोर्न योजना आयोगले ‘भिजन २०५०’ को अवधारणामा काम सुरु गर्ने
-
मागेको जुत्ताले १३ गोलको कीर्तिमान : जसले 'गोल्डेन बुट' होइन 'एयर राइफल' पाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण