अमेरिकामा रोजगारी उपलब्धता २०२१ को जनवरीयताकै न्यून
वासिङ्टन डीसी । अमेरिकामा रोजगारीको उपलब्धतामा उच्च कमी आएको छ । जुलाईमा अमेरिकामा उपलब्ध रोजगारी अपेक्षा गरिएभन्दा धेरैले घटेको छ । यसलाई श्रम बजार सुस्ताइरहँदा कामदारहरूको माग निरन्तर घट्दै गइरहेको सङ्केतको रूपमा अर्थ्याइएको छ ।
जुलाईमा करिब ७६ लाख ७० हजार जति पद पूर्तिका लागि नयाँ कर्मचारीको माग भएको बुधबार श्रम तथ्यांक विभागले जारी गरेको तथ्यांकले देखाएको छ । यो सङ्ख्या सन् २०२१ को जनवरीयताकै न्यून हो । जुनमा यो सङ्ख्या ७९ लाख १० हजार हाराहारीमा थियो । जुलाईमा ८१ लाख पदपूर्तिका लागि विज्ञापन खुल्ने आशा फ्याक्टसेटको जनमत सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरूले गरेका थिए ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले दुई हप्तापछि बस्ने नीतिगत बैठकमा ब्याजदरमा उच्च कटौती गरिने अपेक्षा बढिरहेकै समयमा यो तथ्यांक आएको हो ।
सन् २०२३ भरि नै श्रम बजार निकै कसिलो देखिएको थियो । यो वर्षको सुरुमा पनि स्थिति यस्तै थियो ।
भर्खरै मात्र यो सन्तुलित देखिएको थियो । तर पछिल्लो तथ्यांकले यसमा चिन्ता थपिदिएको छ । अन्य महत्त्वपूर्ण श्रम तथ्याङ्कहरू आउन बाँकी नै रहेको भएपनि स्थिति थप बिग्रिने हो कि भन्ने चिन्तामा एकाथरी अर्थशास्त्रीहरू छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण