आयरल्यान्डका क्रिकेटर सिमी सिंहको स्वास्थ्य अवस्था गम्भीर
काठमाडौँ । आयरल्यान्डको राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली अलराउन्डर सिमरनजित सिंह (सिमी सिंह) को स्वास्थ्य अवस्था जटिल बन्दै गएको समाचारमा जनाइएको छ । उनको कलेजोमा गम्भीर समस्या देखिएको छ ।
हाल गुरुग्रामस्थित मेदान्त अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेको छ । चिकित्सकहरुले उनको कलेजो ट्रान्सप्लान्ट गर्नुपर्ने बताएका छन् । सिमी सिंहले सन् २०१७ मा आयरल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।
३७ वर्षीय सिमी सिंहले आयरल्यान्डका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलेका छन् । उनको बलिङ र ब्याटिङ दुबै उत्तिकै सशक्त छ । उनको जन्म भारतको मोहालीमा भएको थियो ।
उनले यू–१४ र यू–१७ प्रतियोगितामा पञ्जाबको प्रतिनिधित्व गरेका थिए । त्यसपछि उनी सन् २००५ मा होटल म्यानेजमेन्ट अध्ययन गर्न आयरल्यान्ड पुगेका थिए । आयरल्यान्डमा उनी अध्ययनसँगै क्रिकेट पनि खेल्थे ।
उनी विस्तारै आयरल्यान्डको राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका थिए । उनी करिब ६ महिनाअघि बिरामी परेका थिए । पटक–पटक कडा ज्वरो आउन थालेपछि उनले आयरल्यान्डमै स्वास्थ्य परीक्षण गराएका थिए । तर, रोग पत्ता लाग्न नसकेपछि उनी उपचारका लागि भारत आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण