संघीयताको नाममा कर्मचारीलाई ‘घर न माइती’ को अवस्थामा पुर्याइयो : चित्रबहादुर केसी
काठमाडौँ । सांसद चित्रबहादुर केसीले संघीयताको नाममा कर्मचारीलाई ‘घर न माइती’को अवस्थामा पुर्याएको भन्दै आलोचना गरेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले संघीयताका नाममा कर्मचारीहरूलाई चपेटामा पार्ने काम भएको बताए ।
उनले भने,‘देश संघीयतामा गएको भन्ने तर केन्द्रले नै सबै अधिकार लिने हामी कस्तो प्रणालीमा गएका छौँ ? यो काम नभएको संघीयताको घाँडो कसले बोकाएको हो ? अहिले कर्मचारीहरू घर न माइतीको अवस्थामा पुगेका छन् । कर्मचारी प्रणालीप्रति विश्वस्त हुन सकेका छैनन् । कसको समर्थन गर्दा जागिर जोगिन्छ, कसको विरोध गर्दा जागिर जान्छ भन्ने डरको अवस्थामा छन् ।’
उनले देशमा कर्मचारी व्यवस्थापन अव्यवहारिक ढंगले गर्न नहुनेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण