मन्त्रिपरिषद् बैठक
पलेशाको पुरस्कारमा कर छुट दिने सरकारको निर्णय
बिहीबार, २० भदौ २०८१, १९ : ५१
काठमाडौँ । सरकारले पारा ओलम्पिकमा नेपाललाई पदक दिलाउने पलेशा गोवर्धनलाई वितरण गर्ने पुरस्कारमा कर छुट दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पलेशालाई दिइने ६५ लाख पुरस्कारमा कर छुट गर्ने निर्णय गरेको हो ।
सरकारले पेरिस पाराओलम्पिक २०२४ को तेक्वान्दोमा कास्य पदक प्राप्त गरी राष्ट्रको गौरव स्थापित गर्ने खेलाडी पलेशालाई ६५ लाख रुपैयाँ, प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण