मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री र गृहमन्त्रीको सहमतिमा गृहसचिव नियुक्त गरिँदै
बिहीबार, २० भदौ २०८१, २० : ५०
काठमाडौँ । बिहीबारको मन्त्रिपरिषद्ले गृह मन्त्रालयको सचिव नियुक्त गर्न सकेन । गृहमन्त्री रमेश लेखक ढिला गरेर मन्त्रिपरिषद् बैठकमा पुगेका थिए । तर, प्रधानमन्त्री र गृहमन्त्रीले सहमति गरेर आजैको मन्त्रिपरिषद्को निर्णयमा राख्नेगरी गृह सचिवबारे निर्णय गर्ने भएका छन् ।
एकजना मन्त्री भन्छन्, ‘प्रधानमन्त्री र गृहमन्त्रीले सल्लाह गरेर त्यसबारे निर्णय लिनुहुन्छ ।’ गृह सचिवमा नारायण प्रसाद दुवाडीको सम्भावना छ । दुवाडी अहिले राष्ट्रपतिको कार्यालयमा कार्यरत छन् । गृह मन्त्रालयमा जान कृष्णहरी पुष्कर र रामकृष्ण सुवेदी समेतले आकांक्षा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण