गृह मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडी
काठमाडौँ । गृह मन्त्रालयको सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीले पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृह मन्त्रालयको जिम्मेवारी दिएको उच्च स्रोतले जानकारी दिएको छ ।
यसअघिका गृहसचिव एकनारायण अर्याल भदौ १४ मा मुख्यसचिव नियुक्त भएका थिए । नवनियुक्त गृहसचिव दुवाडी राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत थिए । राष्ट्रपतिको कार्यालयमा कार्यरत नारायण प्रसाद शर्मा दुवाडी पनि गृह मन्त्रालयमा आउने दौडमा थिए ।
बिहीबारको मन्त्रिपरिषदमा गृहमन्त्री रमेश लेखक ढिला पुगे । उनी ढिला भएका कारण मन्त्रिपरिषद् बैठकमा त्यसबारे छलफल नभए पनि प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा गृहसचिवबारे निर्णय गर्ने भनिएको थियो । बिहीबारकै बैठकको निर्णयमा उल्लेख गर्ने गरी शुक्रवार गृह सचिवबारे निर्णय गरिएको प्रधानमन्त्री कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण