सरकारी निकायहरूबिच तालमेल नहुँदा विकासमा बाधा पुग्यो : तामाङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङले सरकार एक आपसमा बाझेर(क्षेत्राधिकार र कानुन विवाद) देश विकास हुन नदिएको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सरकारमा आएपछि सरकारका निकायहरू एक आपसमा बाझेर देश विकास हुन नसकेको कुरा अनुभव गर्न पाएको बताए ।
उनले भने, ‘म जति दिन मन्त्रालयमा बस्छु त्यति दिन काम गर्ने छु । दिन पनि गनेर बसेको छु । सरकार सरकार बाझेर यो देश विकास हुन दिएको छैन । दुई चार वटा सरकार बाझिदा पनि देश विकास नभएको सरकारमा आएपछि बुझेँ । हाइड्रोपावरको सन्दर्भमा वनले फाइलहरू रोकेर राख्छ ।’
यस्तै, उनले दोलखा, रामेछाप लगायत ७७ जिल्लाको हरेक गाउँमा बत्ती पुर्याउने काम गर्ने पनि बताएका छन् ।
उनले भने, ‘दोलखा, रामेछाप लगायत ७७ जिल्लामा मेरो लक्ष्य के छ भने म मन्त्री हुने दिनसम्म एउटा गाउँ एउटा, दुई वटा मात्र घर रहेको भए पनि, खर्च धेरै लाग्ने रहेछ भनेपनि, दुई वटा घरमा बत्ती बाल्ने काम गर्छु । त्यसो भयो भने गरिबले पनि बत्ती बाल्न पायो । सरकारले जनताको काम गर्नुपर्छ भन्ने लाग्छ । त्यही हिसाबले म मेरो जिम्मेवारी पूरा गर्छु ।’
उनले व्यापारीहरूले बत्तीको पैसा तिर्न सकेन मिनाहा गर्नुपर्छ भन्ने कुरा गलत भएको भन्दै सरकारले जसरी भए पनि त्यो पैसा उठाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित