पशुपतिको व्यवस्थापन राम्रो भयो, दर्शनार्थीले सहज रूपमा दर्शन गर्न पाए : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुले सहज ढंगले दर्शन गरेको बताएका छन् । शुक्रबार पशुपतिनाथ मन्दिरमा अवलोकनका लागि पुगेका उनले तिजको अवसरमा दर्शनार्थीहरुले पशुपतिनाथ मन्दिरमा सहज रूपमा दर्शन गर्न पाएको बताएका हुन् ।
मन्त्री पाण्डेले आफूले दर्शनार्थी महिलाहरूसँग प्रतिक्रिया लिएको भन्दै सबैले सहज रूपमा दर्शन गर्न पाएको बताएका जानकारी दिए । उनले तिजको अवसरमा मन्दिर दर्शनका लागि पशुपतिनाथ मन्दिरको व्यवस्थापन राम्रो भएको पाएको बताए । उनले पशुपतिनाथ मन्दिरमा व्यवस्थापन राम्रोसँग गर्न सकेमा जति धेरै दर्शनार्थीहरु आउँदा पनि समस्या नहुने रहेछ भन्नेमा विश्वास जागेको बताए ।
उनले भने, ‘ राम्रो व्यवस्थापन भएको रहेछ । जति ठुलो सङ्ख्यामा मान्छेहरू दर्शनका लागि आएपनि व्यवस्थापनका निश्चित मापदण्डहरु पालना गर्दाखेरी सम्भव हुँदोरहेछ भन्ने कुराको विश्वास जागेको छ । त्यसैले मान्छे ठुलो आउनु, भीड ठुलो लाग्नु, भक्तजनहरू धेरै आउनु समस्या होइन कि त्यसलाई व्यवस्थापन गर्न नसक्नु चाहिँ समस्या रहेछ । आज व्यवस्थापन गर्न सकेका कारणले ठुलो सङ्ख्यामा दिदीबहिनीहरू भएपनि सबैजना सजिलो गरी दर्शन गरेर फर्किने वातावरण मिलेको छ त्यो सकारात्मक लाग्यो ।’
मन्त्री पाण्डेले तिजको नाममा भड्किलो गतिविधिहरू हुने गरेको आवाज उठेको भन्दै आगामी दिनमा विकृति, विसंगतिहरुलाई त्याग्दै चाडपर्व मनाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण