नेकपा एमाले इच्छाकामना- ७ को अध्यक्षमा गुरुङ
चितवन । नेकपा (एमाले) वडा कमिटी इच्छाकामना गाउँपालिका ७ को अध्यक्षमा सन्तबहादुर गुरुङ चयन भएका छन् । शनिबार सम्पन्न पार्टीको दोश्रो वडा अधिवेशनले गुरुङको नेतृत्वमा ४१ सदस्यीय वडा कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा हस्तबहादुर लामा, सचिवमा धनबहादुर गुरुङ, सहसचिवहरुमा सुरज मगर र गोमा गुरुङ चयन भएका छन् । अधिवेशनको अवसरमा खेलाडीहरुलाई फुटबल र भलिबल सामग्री प्रदान गर्नुका साथै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
अधिवेशनमा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, संविधानसभा सदस्य एवम् एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेल, एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठक, चितवन जिल्ला समन्वयन समिति प्रमुख नारायण अधिकारी, नेताहरु दानबहादुर गुरुङ, माया सिलवाल लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
-
अव्यवस्थित तार हटाउने कार्य : दुई मन्त्रीको संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही गरिने
-
शिक्षकहरूको गुनासो– हामीलाई प्रोत्साहन भत्ताबाट वञ्चित गरियाे
-
क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि साउन १४ सम्मको समयसीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण