हंगेरीको पोस्टमा जर्मनीको गोल वर्षा
काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा जर्मनीले शानदार जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा जर्मनीले हंगेरीमाथि ५–० गोल अन्तरको एकतर्फी जिततदर्ता गरेको हो ।
समूह ३ मा रहेको जर्मनीको जितमा निकलस फुलक्रग, जमालमुसिएला, फ्लोरियन विट्ज, एलेक्जेन्डर पाभलोभिक र केइ हार्भाटेजले एक एकगोल गरेका थिए ।
२७औँ मिनेटमा जमालमुसिएलाको क्रसपासमा निकलस फुलक्रगले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको जर्मनीले दोस्रो हाफमा अरू ४ गोल थपेको थियो ।
५७ औँ मिनेटमा विट्जको पासमा मुसिएलाले गोल गर्दै अग्रता दोब्बर बनाए । अधिकांश समय हंगेरीमाथि दबाब बनाएको जर्मनीले तेस्रो गोल ६६ औँ मिनेटमा गरेको थियो ।
मुसिएलाको पासमा विट्जले डीबक्सभित्रबाट उत्कृष्ट गोल गरेका थिए । ७७ औँ मिनेटमा मुसिएलाकै पासमा एलेक्जेन्डर पाभलोभिकले गोल गरेपछि जर्मनी ४–० ले अघि बढेको थियो ।
८१ औँ मिनेटमा हंगेरीका विलीओर्वानले हार्भाटेजलाई डी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गर्दै जर्मनीलाई ५–० को जीत दिलाए ।
यही समूहमा रहेको नेदरल्याण्ड्सले बोस्नियाहर्ज गोभिनालाई ५–२ गोल अन्तरले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण