चट्याङ लागेर बालक र शिशुको मृत्यु
काठमाडौँ । मोरङ र जुम्ला जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
मोरङको सुनबर्षी नगरपालिका-९ मुस्लिम टोल बस्ने हमिद आलमको छोरा ११ वर्षीय सोफियन आलम मियाँको चट्याङ लागेर आइतबार दिउँसो मृत्यु भएको छ । घर पछाडि रहेको रूखमुनि खेलिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, जुम्लाको तातोपानी गाउँपालिका-७ बस्ने २१ वर्षीया कौशिला रावलकी ९ महिने छोरीको चट्याङ लागेर आइतबार राती मृत्यु भएको छ । सोही गाउँपालिका-७ स्थित थुमलचौर पाटनमा कौशिलाले उनलाई भेडा गोठालो लिएर गएको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएकी कौशिलाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
उता कञ्चनपुरको बेदकोट नगरपालिका-५ धरमपुर बस्ने १८ वर्षीय हविल डगौराको साउन्ड बक्स मर्मत गर्ने क्रममा करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण