आगामी दिनमा राजदूत नियुक्ति गर्दा सरकारले समावेशितालाई ध्यान दिन्छ : परराष्ट्रमन्त्री राणा
सोमबार, २४ भदौ २०८१, १५ : ०४
काठमाडौँ । परराष्ट्र मन्त्री आरजु देउवा राणाले सरकारले राजदूत नियुक्ति गर्दा सकेसम्म समावेशी बनाउने प्रयास गरेको बताएकी छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै मन्त्री देउवाले राजदूत नियुक्ति र सिफारिस गर्दा सरकारले सकभर समावेशी नै बनाउने प्रयास गरेको बताएकी हुन् ।
यद्यपि उनले राजदूतबारे केही प्रश्न उठेको स्विकार्दै संसदीय सुनुवाइ समितिको सुझावलाई सरकारले सुन्ने र कार्यान्वयन गर्ने बताइन् । ‘अब हुने राजदूतको नियुक्ति समावेशी नै हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु’, मन्त्री राणाको भनाइ छ ।
‘समावेशी र समानुपातिकको कुरामा हामी कति समावेशी हुनसक्छौ ? यसपटक पनि महिलालाई प्रमोट नै गरेको हो तर पनि पर्याप्त भएन भन्ने कुरा आएको छ यसलाई आगामी दिनमा सरकारले थप ध्यान दिने नै छ’, मन्त्री राणाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण