प्रदेश सांसद शर्मालाई कारबाही गर्न कांग्रेस सांसद पौडेलको माग
सोमबार, २४ भदौ २०८१, १४ : १८

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले लुम्बिनी प्रदेशमा एमालेबाट सांसद बनेकी रेखा शर्मालाई कारबाहीको माग गरेकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बाल श्रम शोषण गरेको आरोप लागेका सांसदलाई कारबाही गर्नुपर्ने धारणा राखेकी हुन् ।
‘निकृष्ट प्रकारले बालश्रम प्रयोग गरेको देखिन्छ । माननीयज्यू, जो कानुन बनाउनुहुन्छ,’ उनले भनिन्, ‘कानुनले नै बालश्रमलाई निषेधित गरेको छ । कानुन बनाउने नै बालश्रम प्रयोग गर्ने त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्छ ।’
सोही विषयमा केही समयअघि काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले प्रदेशसभा सदस्यलाई कारबाही कहिले गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए । त्यसपश्चात् एमाले र बालेन कार्यकर्ता सामाजिक सञ्जालमा एक अर्काविरुद्ध भिडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
-
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो
-
कञ्चनपुरका सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको प्रगति, न्यूक्यासल र चेल्सीलाई पछि पार्यो
-
चार वायु थप सक्रिय, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
महाशिला गाउँपालिकाको नीति तथा कार्यक्रम गुरुङ भाषामा