प्रदेश सांसद शर्मालाई कारबाही गर्न कांग्रेस सांसद पौडेलको माग
सोमबार, २४ भदौ २०८१, १४ : १८
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले लुम्बिनी प्रदेशमा एमालेबाट सांसद बनेकी रेखा शर्मालाई कारबाहीको माग गरेकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बाल श्रम शोषण गरेको आरोप लागेका सांसदलाई कारबाही गर्नुपर्ने धारणा राखेकी हुन् ।
‘निकृष्ट प्रकारले बालश्रम प्रयोग गरेको देखिन्छ । माननीयज्यू, जो कानुन बनाउनुहुन्छ,’ उनले भनिन्, ‘कानुनले नै बालश्रमलाई निषेधित गरेको छ । कानुन बनाउने नै बालश्रम प्रयोग गर्ने त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्छ ।’
सोही विषयमा केही समयअघि काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले प्रदेशसभा सदस्यलाई कारबाही कहिले गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए । त्यसपश्चात् एमाले र बालेन कार्यकर्ता सामाजिक सञ्जालमा एक अर्काविरुद्ध भिडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण