आइफोन १६ लञ्च हुनु अघि हुवावेईको तीन दोबरी फोनको प्रि–अर्डर २७ लाख पुग्यो
बेइजिङ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेईको तीन दोबरी भएको फोनको प्रि–अर्डर २७ लाख थान पुगेको छ । कम्पनीले सोमबार आफ्नो वेबसाइटमा यसको जानकारी दिएको छ ।
कम्पनीले शनिबार मध्यरातिदेखि मेट एक्सटीको प्रि–अर्डर लिन सुरु गरेको थियो । यो भनेको अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो आइफोन १६ लञ्च गर्नु भन्दा दुई दिनभन्दा केही बढी समय अघि हो ।
चीनको समयअनुसार मंगलबार बिहान एप्पलले आइफोन १६ सिरिज लञ्च गर्दै छ । हुवावेईले यस अघि नै मंगलबार दिउँसो २ः३० बजे नयाँ प्रडक्ट लञ्च गर्ने घोषणा गरेको थियो । तर कम्पनीले अहिलेसम्म मेट एक्सटीको मूल्य सार्र्वजनिक गरेको छैन । कम्पनीले सेप्टेम्बर २० देखि यसको विक्री सुरु गर्दै छ । यस वर्षको दोस्रो त्रैमासमा चीनमा एप्पल शीर्ष पाँच स्मार्टफोन निर्माताको सूचिबाट बाहिरिएको बजार अनुसन्धान संस्था क्यानलिसको तथ्याङ्कले देखाएको छ ।
पहिलो पटक यो सूचिमा घरेलु कम्पनीहरूको वर्चस्व छ । समीक्षा अवधिमा १ करोड ६ लाख थान स्मार्टफोन बेचेको हुवावेई सूचिको चौथो स्थानमा छ । पहिलो त्रैमासमा चीनमा एप्पलले १ करोड थान स्मार्टफोन बेचेको थियो । अन्य चिनियाँ प्रतिस्पर्धी जस्तै हुवावेईले चीनमा दोबार्न मिल्ने र फ्लिप फोन बेचिरहेको छ । तर यी श्रेणीमा एप्पलले आफ्नो प्रडक्टलाई विस्तार गर्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण