पत्नीको हत्या आरोपमा युवक पक्राउ
मङ्गलबार, २५ भदौ २०८१, ११ : ०१
काठमाडौँ । ललितपुरको धापाखेलमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको दिप्रुङचुङ्ग गाउँपालिका–७ घर भएर ललितपुर बस्ने भक्तिराज राई छन् ।
भदौ १२ मा भक्तिराजकी पत्नी ३५ वर्षीय शशिकला राई धापाखेल स्थित डेरामा मृत भेटिएकी थिइन् । उनलाई पतिले हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
धापाखेल स्थित नखुडोलमा पत्नीसँगै बस्दै आएका भक्तिराजलाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना–इङ्ग्ल्यान्डबिचको सेमिफाइनल टिकट फ्रान्स–स्पेनभन्दा दोब्बर महँगो
-
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
-
बैंकक बार आगलागीमा सुरक्षामा लापरबाही भएको आशंका, अनुसन्धान तीव्र
-
स्ट्रेट अफ होर्मुजमा दुई ट्यांकरलाई निशाना बनाएको इरानको दाबी
-
अमेरिकाको मेनमा आईसीई एजेन्टको गोली लागेर कोलम्बियाली नागरिकको मृत्यु
-
किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण