क्यानडामा हुने ‘लिग टु’ खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरु)
मङ्गलबार, २५ भदौ २०८१, ११ : ४०
काठमाडौँ । आईसीसी विश्व क्रिकेट ‘लिग टु’ अन्तर्गत क्यानडामा हुने प्रतियोगितामा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । मंगलबार आयोजित एक विशेष समारोहका बिच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्कालगायतले बिदाइ गरेका हुन् । बिदाइ समारोहमा क्रिकेटर सन्दीप लामिछानेसहितका खेलाडीहरूको सहभागिता रहेको थियो ।
क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको थियो ।
जसमा देव खनाललाई रिजर्भमा समावेश गरिएको छ । टोलीमा विकेटकिपर अर्जुन साउद र तीव्र गतिका बलर रिजन ढकाल पनि १६ मा अटाएका छन् ।
नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ । नेपालले सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । ‘लिग टु’पछि नेपाल, ओमान र क्यानडाबिच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुने छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण