नेपालमा ट्याटु कला उपविधाको रूपमा स्वीकार, सेमिनारको तयारी सुरु
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र हिमालयन ट्याटु समिटको सहकार्यमा ट्याटु वर्कसप तथा ट्याटु सेमिनार हुने भएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा भदौ २५ र २६ गते दुई दिन गरेर ट्याटु वर्कसप तथा ट्याटु सेमिनार हुन लागेको हो ।
सोही क्रममा मंगलबार भएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकला प्रज्ञा–प्रतिष्ठानले ट्याटुलाई पनि कलाको एउटा उपविधाको रूपमा स्वीकार गरेको बताएका छन् ।
उनले भने, ‘यो भन्दा अगाडि कार्टुनलाई प्रवेश गराएका थियौ । अहिले ट्याटुसँग जोडिएका छौँ । प्रतिष्ठानले पनि यो विधालाई पनि कलाको एउटा उपविधा हो भनेर स्वीकार गरेका छौ । सामाजिक रूपान्तरणमा यसलाई पनि जोड्न सकिन्छ । त्यस कारण यो विधालाई पनि बाहिर ल्याउनुपर्छ । कुनै पनि प्रकारको क्षमता लुक्न हुँदैन भनेर यो विधालाई स्वीकार गरेका हौँ ।’
यसको साथै, उनले ट्याटुले समाजमा भोलि समस्या ल्याउँछ भन्ने खालको हल्ला रहेको भन्दै त्यो चुनौतीको सामना गर्न र त्यसलाई चिर्नको लागि पनि यसलाई प्रवेश गराएको बताए ।
उनले भने, ‘ट्याटुलाई समाजले राम्रो नजरले हेरेको छैन । यसले समाजमा भोलि समस्या लिएर आउँछ । कलाको क्षेत्रमा यसलाई प्रवेश गराउनु हुँदैन भन्ने खालको हल्ला छ । त्यो चुनौतीको सामना गर्न र त्यसलाई चिर्नको लागि प्रवेश गराएका हौँ । यो पनि कला त हो यसलाई सामाजिक रूपमा नल्याउने हो भने यो क्षेत्र त पछाडि नै पर्छ ।’
उनले नेपाल सरकार र समाजले सबैको लागि एउटा दायर बनाएको भन्दै दायरामा बसेर नै काम गर्न पनि सबैलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण