उपसभामुखलाई हटाउन खोज्नु लोकतन्त्रलाई कमजोर बनाउनु हो : सांसद पौडेल
काठमाडौँ । सत्तापक्ष सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मागेको विषयमा माओवादी केन्द्रले खबरदारी गरेको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले उपसभामुखलाई हटाउन खोज्नु लोकतन्त्रलाई कमजोर बनाउने काम भएको बताए ।
उनले भने,‘केही अनलाइन समाचारले लेखेका थिए तर यो हलमा पसेपछि उपसभामुख हटाउने अभियान चलेको थाहा पाएँ । लोकतन्त्र भनेको समझदारी हो, विश्वास हो, सहकार्यको संस्कृति हो । विपक्षी दलमा पनि कैयौँ पक्षमा सरकारमा रहेकाहरूले सहमति र सहकार्य गरेर अगाडि बढ्ने कुराहरू नै लोकतन्त्रको पक्ष हो । एकजना महिला, जनजाति, सहमतिको आधारमा आउनुभएको, सामाजिक क्षेत्रमा काम गर्नुभएको उपसभामुखलाई बलियो भनिएको दुई तिहाइको सरकारले हटाउने भनेको कदममा पुग्ने कुरा निकै दुखदायी छ । यसले लोकतन्त्र अगाडि बढ्न सक्दैन । यसले लोकतन्त्रको सुदृढ र सहकार्य अगाडि बढ्दैन ।’
उनले यस्तो विषयमा कुनै कदम नचाल्न आग्रह गर्दै सरकारलाई खबरदारी गर्ने बताए ।
सांसद पौडेलले भने,‘प्रश्न उठाउँदैमा हटाउने हो भने दशौँ मन्त्रीमाथि प्रश्न उठेको छ । राजीनामा दिन तयार हुनुहुन्छ ? लाउडामा प्रश्न उठ्यो, भुटानी शरणार्थीमा प्रश्न उठ्यो, बालुवाटार जग्गा प्रकरणमा प्रश्न उठ्यो, गिरीबन्दु टि–स्टेटमा प्रश्न उठ्यो । राजीनामा दिन तयार हुनुहुन्छ ?’
उनले यी सबै विषयमा छानबिन गर्न आग्रह गर्दै सहमतिबाट उपसभामुखलाई चारैतिरबाट प्रहार गर्ने भन्दै प्रश्न उठाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण