सांसद श्रेष्ठको प्रश्न– संगिना वैद्यले किन राजीनामा दिनुपर्यो ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तालिम तथा प्रशिक्षण विभागको निर्देशक पदमा पार्टीका व्यक्तिलाई नियुक्ति दिनु कानुनको उल्लंघन भएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राखेपबाट संगिना वैद्यले किन राजीनामा दिनुपर्यो भन्दै प्रश्न गरेका हुन् ।
उनले सन् २००४ को ग्रिस ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी संगिना वैद्यले राखेपको तालिम तथा प्रशिक्षण विभागको निर्देशक पदमा भएको बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिनु गम्भीर विषय भएको बताए ।
‘राज्यले पहिलोपटक महिला निर्देशक पाउँदै थियो । २ वर्षअघि उपनिर्देशक बनेकी वैद्यले वरिष्ठतमका आधारमा पनि स्वतः बढुवा हुनुपर्नेमा खेलकुद मन्त्रीको ठाडो निर्देशनमा आफ्ना पार्टीका क्याडरलाई नियुक्ति दिनु कानुनको उलंघन गर्नु हो‚’ उनले भने‚‘के उनले खेल खेल्दा राष्ट्रको झण्डा नभई पार्टीको झन्डा बोक्नु पर्ने हो सभामुख महोदय । खेलकुद मन्त्रिले अविलम्ब यसको जवाफ दिनुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण