संविधान संशोधन गर्नुहोस्, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था राख्नुहोस् : ज्ञानेन्द्र शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न चुनौती दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले कांग्रेस र एमालेको दुई तिहाइ बहुमत भएकाले संविधान संशोधन गर्न र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरेका हुन् ।
उनले अमेरिकामा ७ लाख नेपाली रहेपनि झन्डै ४ लाख ३ वटा राज्य टेक्सस, कोलोराडो र क्यालिफोनिर्यामा बस्ने गरेको र नेपाली दूतावास वासिङ्टन डिसीमा हुँदा उनीहरूलाई समस्या भएको बताए ।
क्यालिफोनिर्यायाबाट डिसी ४५ सय किलोमिटर टाढा रहेको बताउँदै त्यस्ता ठाउँमा कन्सुलर अफिस राख्न आग्रह गरे । उनले भने,‘नेपालमा त तपाईँहरूले दुःख दिनु भयो दिनुभयो, उद्योग बेच्नुभयो, कलकारखाना बेच्नुभयो, हत्या गर्नुभयो, हिंसा गर्नुभयो, सडकमा आन्दोलन गर्नुभयो, व्यवसाय ठप्पै पार्नुभयो । एकअर्कामा नेपालीलाई मारेर युवाहरूलाई रोजगारी नदिएर विदेशमा पठाउनुभयो, तर त्यो विदेशमा पनि तपाईँहरूले सुख दिनुभएको छैन । एउटा कन्सुलरका लागि २ जना कर्मचारी भए पुग्छ, त्यति पनि व्यवस्था गर्न सकेको छैन ।’
उनले प्रधानमन्त्री ओलीलाई संयुक्त राष्ट्रसंघको महासभामा गएका वेला कन्सुलर कार्यालय राखेर आउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण