आइफोन १६ सार्वजनिक भएको केही घण्टामै हुवावेले ल्यायो २८०० डलरको यस्तो फोन
बेइजिङ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले तीन फोल्ड गर्न मिल्ने फोन सार्वजनिक गरेको छ । प्रतिस्पर्धी अमेरिकी कम्पनी एप्पलले आइफोन १६ को लाइन अप सार्वजनिक गरेको केही घण्टामै हुवावेले पनि २ हजार ८०० डलरभन्दा बढी मूल्यको मेट एक्सटी लन्च गरेको हो । कम्पनीले शनिबारदेखि उक्त फोनको प्रि अर्डर लिन थालिसकेको छ । सेप्टेम्बर २० देखि फोनको विक्री थाल्ने कम्पनीको योजना छ ।
यो भनेको चीन लगायत विश्वका प्रमुख बजारमा एप्ललले नयाँ आइफोन बेच्न सुरु गर्ने दिन हो । सोमबार एप्पलले १ हजार १९९ डलर मूल्य पार्ने आइफोन १६ प्रो र ७ हजार ९९ डलरको आइफोन १६ सार्वजनिक गरेको थियो । यी फोनको प्रि-अर्डर शुक्रबारदेखि सुरु हुँदैछ । फोन सेप्टेम्बर २० मा विक्रीका लागि स्टोरहरूमा उपलब्ध हुनेछ । एप्पलले पहिलो पटक आइफोन १६ मा कृत्रिम बौद्धिकता अर्थात् एआई फिचर दिएको छ । आइफोन १५ प्रो र प्रो म्याक्समा पनि यी फङ्सन चल्ने बताइएको छ ।
हुवावेको मेट एक्सटीमा पनि टेक्ष्ट अनुवाद, क्लाउडमा आधारित कन्टेन्ट जेनरेशन जस्ता एआई फिचर छ । यो फोनका लागि आफूहरूले ५ वर्षसम्म दुःख गरेको हुवावेका कार्यकारी निर्देशक रिचर्ड युले भनेका छन् । मेट एक्सटी रातो र कालो गरी दुई रङ्गमा आउनेछ । फोन तीन थरी स्टोरेज विकल्पमा आउनेछ । यसको मूल्य २ हजार ८०९ डलरदेखि ३ हजार ३७१ डलर अर्थात् १९ हजार ९९९ युआनदेखि २३ हजार ९९९ युआनबिच रहनेछ ।
फोन फोल्ड नगरेको अवस्थामा ३ दशमलव ६ एमएम बाक्लो हुनेछ भने यसको स्क्रिन १० दशमलव २ इन्चको हुनेछ । फोनमा १ दशमलव ९ एमएम मोटो ब्याट्री छ । फोन फोल्डेबल किबोर्डमा पनि चल्नेछ । मंगलबार मध्यरातिसम्म फोनको प्रिअर्डर ३५ लाख थान पुगेको कम्पनीको वेबसाइटले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा
-
आजको राशिफल : कुन राशिका लागि शुभ ?
-
आज शारदिय नवरात्रको दोस्रो दिन, माता ब्रह्मचारिणीको पूजाआजा गरी मनाइदै
-
बीपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
-
भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा
-
झ्याप्ले खोलामा अस्तायो दिदीको बिहे गर्ने र भाइ पढाउने वसन्तको सपना