तस्बिरमा हेर्नुहोस् यागी समुद्री आँधीले भियतनाममा परेको असर
हानोई । भियतनाममा शक्तिशाली समुद्री आँधी यागीका कारण कम्तीमा ८२ जनाको मृत्यु भइसकेको छ । शनिबारयता आँधीको प्रभावले मुसलधारे वर्षा भएको थियो भने पहिरो र बाढी आएको थियो ।

उत्तरी प्रान्तका केही क्षेत्रमा हजारौँ मानिसहरू घरको छतमा अलपत्र देखिएका छन् । कयौँले सामाजिक सञ्जालमा दयनीय तस्बिरहरू पोष्ट गरेको देखिएको छ ।
यागी भियतनाममा ३० वर्षयता आएको सबैभन्दा शक्तिशाली समुद्री आँधी थियो । यसले देशको उत्तरी हिस्सामा वितण्डा मच्चाएको छ । १५ लाख मानिसहरू बिजुली बत्ती बिना बस्न बाध्य भएका छन् । सोमबार फु थो प्रान्तमा व्यस्त पुल भत्किँदा कयौँ सवारी साधन नदीमा खसेको थियो । आँधी कमजोर बनेर उष्णकटिबन्धीय चक्रवातमा रुपान्तरित भएको भएपनि पश्चिमतिर बढ्दै गर्दा यसले थप उत्पात मच्चाउने चेतावनी दिइएको छ ।

अधिकारीहरूले उत्तरको १८ वटा प्रान्तका ४०१ स्थानमा पहिरो र बाढीको चेतावनी जारी गरेका छन् । मंगलबार बिहान थाई न्गुयेन र येन बाई प्रान्तमा अधिकांश एक तले घरहरू पानीमा चुर्लुम्म डुबेका थिए । घरका बासिन्दाहरू छत छतमा मद्दत कुरेर बसिरहेका देखिन्थे । भियतनाम आइपुग्नु अघि यागीका कारण दक्षिणी चीन र फिलिपिन्समा २४ जानको मृत्यु भएको थियो ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण