सबैले आफ्नो भूमिका अनुरूप खेल्नेछन् : प्रशिक्षक मोन्टी
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आइसिसी विश्वकप लिग–२ को आगामी शृङ्खलामा हरेक खेलाडीले आफ्नो जिम्मेवारीअनुरूप भूमिका निर्वाह गर्ने बताएका छन् । घरेलु मैदानमा भएको लिग–२ को पहिलो शृङ्खला सुखद नभएको उल्लेख गर्दै प्रशिक्षक मोन्टीले क्यानडा र अमेरिकामा हुने दुई श्रृंंखलामा राम्रो नतिजा प्राप्त गर्ने आशा व्यक्त गरेका हुन् ।
नेपालले आइसिसी विश्वकप लिग–२ साइकलअनुरूपमा क्यानडामा दोस्रो र अमेरिकामा तेस्रो शृङ्खला खेल्दैछ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार आयोजना गरेको बिदाइ कार्यक्रममा प्रशिक्षक मोन्टीले यी शृङ्खलाका लागि क्यानले भारत र श्रीलंकामा व्यवस्थापन गरेको प्रशिक्षण क्याम्प उपयोगी साबित हुने आशा गरे । यस क्रममा खेलाडीले फरकफरक प्रशिक्षकसँग सिक्ने अवसर पाएको उल्लेख गर्दै उनले त्यहाँबाट सिकेका स—साना पक्ष आगामी खेलमा उपयोगी हुने उल्लेख गरेका हुन् । उनले जित र हार आफ्नो हातमा नभए पनि जितको मानसिकता हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण