प्रदेश
फेरि सुरु भयो कार्कीको अनशन
मङ्गलबार, २५ भदौ २०८१, २१ : १३

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः आमरण अनशन सुरु गरेका छन् ।
कार्कीले प्रदेश सरकारसँग विभिन्न ९ वटा माग राख्दै मंगलबार दिउँसो ४ बजेदेखि आमरण अनशनमा बसेका थिए । तर निषेधित क्षेत्रमा आमरण अनशन बसेको भन्दै प्रहरीले कार्कीलाई अनशन स्थलबाटै नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार ३ बजेदेखि कोशी प्रदेश सभाको गेट अगाडिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
बुढीगंगास्थित घर छोडेर प्रहरी फर्केलगत्तै कार्कीले पुनः विराटनगरस्थित देवकोटा चोकमा अनसन सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित