विश्वकप छनोट : अर्जेन्टिनापछि ब्राजिललाई पनि झट्का, प्रतिस्पर्धात्मक खेलमा पाराग्वेसँग हार्यो
काठमाडौँ । सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिलले निराशाजनक प्रदर्शनलाई आफ्नो पछिल्लो खेलमा पनि निरन्तरता दिएको छ । दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोट खेलमा बुधबार ब्राजिलको टोली पराजित हुन पुग्यो ।
उक्त खेलमा पाराग्वेले ब्राजिलमाथि १–० गोलको रोमाञ्चक जित हासिल गर्यो । घरेलु टोली पाराग्वेले निर्धारित समयको २०औँ मिनेटमा एकमात्र गोल गरेको थियो । पाराग्वेका लागि डिएगो गोमेजले विजयी गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुबै टोलीबाट थप गोल हुन सकेन । सन् २०२६ को विश्वकपका लागि खेलिएको छनोट प्रतियोगितामा ब्राजिलले खासै गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । सहभागी १० वटै टोलीले आठ–आठ खेलिसक्दा ब्राजिल तालिकाको पाँचौँ स्थानमा छ ।
ब्राजिलले केवल तीन खेलमा जित हात पार्न सकेको छ । एक खेलमा बराबरी र चार खेलमा हारको नतिजा निकालेको ब्राजिलले १० अंक जोडेको छ । छालिकाको छैटौँ स्थानसम्म रहेको राष्ट्र सिधै विश्वकपमा छनोट हुनेछन् ।
साविक विजेता अर्जेन्टिनाका लागि पनि पछिल्लो छनोट खेलको नतिजा निराशाजनक नै रह्यो । आफ्नो पछिल्लो खेलमा अर्जेन्टिनी टोली कोलम्बियासँग १–२ गोलले पराजित हुन पुग्यो । आठौँ चरणको अन्य खेलमा बोलिभियाले चिलीलाई २–१ र इक्वेडरले पेरुलाई १–० गोलले हराए ।
उरुग्वे र भेनेजुएलाबिचको खेल भने गोलरहित बराबरीमा सकियो । अर्जेन्टिना अंक तालिकाको पहिलो स्थानमा आसिन छ । अर्जेन्टिनाले ६ जित र दुई हारको नतिजा निकालेको छ । कोलम्बिया १६ अंकसहित दोस्रो र उरुग्वे १५ अंकसहित तेस्रो स्थानमा आसिन छन् ।
यसैगरी, इक्वेडर ११ अंकसहित तालिकाको चौथो स्थानमा छ । १० अंकसहित भेनेजुएला छैटौँ, नौ अंकसहित पाराग्वे सातौँ, नौ अंकसहित बोलिभिया आठौँ, पाँच अंकसहित चिली नवौँ र तीन अंकसहित पेरु १०औँ स्थानमा आसिन छन् ।
विश्वकप छनोटअन्तर्गत नवौँ चरणको खेलमा ब्राजिलले चिलीको र अर्जेन्टिनाले भेनेजुएलाको सामना गर्नेछन् । नवौँ चरणमा उरुग्वेले भने पेरुसको सामना गर्नेछ । पराग्वेले इक्वेडरको र कोलम्बियाले बोलिभियाको सामना गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण