काराकसमा फाँसीवादविरूद्वको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन
काठमाडौँ । भेनेजुयलाको काराकसमा फाँसीवाद र नवफाँसीवादका विरुद्ध अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । विश्वका १०० भन्दा बढी देशहरूका प्रतिनिधिहरूको सहभागितामा सम्मेलन भएको हो । उक्त सम्मेलनमा नेपालबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाईसीएल अध्यक्ष सुबोध सेर्पाली र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य माधव पन्त सहभागी भएका छन् ।
सम्मेलनको उद्घाटनमा भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रीगेज र अरू देशका समाजवादी नेताहरूले मन्तव्य राखेका थिए। सो क्रममा उपराष्ट्रपति डेल्सीले गत जुलाई २८ मा भएको राष्ट्रपतिको निर्वाचनमा प्रजातान्त्रिक प्रक्रियामाथि हस्तक्षेप गर्ने अमेरिका र युरोपियनहरूको कदमको कडा प्रतिवाद गर्न भेनेजुएलाका जनता सक्षम रहेको बताइन् ।
भेनेजुएलाका तत्कालीन क्रान्तिकारी नेता ह्युगो चाभेजको नेतृत्वमा सम्पन्न समाजवादी क्रान्तिले ल्याटिन अमेरिकामा मात्रै नभएर संसारभरि समाजवादी, कम्युनिस्ट क्रान्तिको उभार ल्याएको थियो ।
त्यससता साम्राज्यवादीहरूको हस्तक्षेप, आर्थिक नाकाबन्दी र आक्रमणको सामनाका बिच सो मुलुक आफ्नो स्वाभिमान र राष्ट्रिय अखण्डताको पक्षमा अडिग रहँदै आएको छ ।
मानव अधिकार, न्याय, स्वतन्त्रता र प्रगतिशील उन्नत समाजको निर्माण गर्न यो सम्मेलनको आयोजना गरिएको आयोजकको भनाइ छ । मंगलबारदेखि सुरु भएको सम्मेलन फाँसीवादलाई परास्त गर्न संसारभरका कम्युनिस्ट, समाजवादी एवं प्रगतिशील राजनीतिक शक्तिहरूले एकताबद्ध हुनुपर्ने निष्कर्ष निकाल्दै बुधबार सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण