चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ नेपाली बजारमा
काठमाडौँ । सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङको लन्च गरेको छ। एक्सपेङले नेपाली बजारमा पहिलो पटक आफ्नो जी६ भेरियन्ट सार्वजनिक गरेको हो भने जसको मूल्य रु ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
चीनमा टेस्लाको प्रतिस्पर्धी मानिने एक्सपेङले नेपालमा पनि स्वचालित ड्राइभिङ र SEPA 2.0 प्रविधिहरू ल्याएको विज्ञप्तिमार्फत जनाएको छ ।
एक्सपेङ जी६ मा 440nm टर्क, 190kW पावर र 435km रेन्ज जस्ता विशेषताहरू छन्। साथै यसको ब्याट्री क्षमता 66 kWh छ र यसमा एलुमिनियम डाइ-कास्ट च्यासिस, अगाडि र पछाडि दुवैमा 50-50 लोड अनुपात रहेको कम्पनीले जनाएको छ । थप सुविधाहरूमा संसारकै उत्कृष्ट एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) र ९-डायमेन्सन ब्याट्री सेफ्टी सामेल रहेको जनाइएको छ ।
सो गाडीको
बुकिङ र टेस्ट राइडका लागि थापाथली शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण