‘होस्टेल ३’ मा परीक्षाको इन्ट्री

काठमाडौंँ । फिल्म ‘होस्टेल ३’मा अभिनेत्री परीक्षा लिम्बू भित्रिएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा उनलाई अनुबन्धित गरेको हो ।
फिल्ममा परीक्षाको अलवा आर्यन सिग्देल पनि भित्रिएका छन् । आर्यन र परिक्षाले यस अगाडि फिल्म ‘पूजार सार्की’ एकसाथ अभिनय गरेका थिए । फिल्ममा आर्यन होस्टेलको ‘वार्डेन’ को भूमिकामा देखिने छन् भने परीक्षाको भूमिका अहिले गोप्य राखिएको छ ।
फिल्मका निर्देशक सशान कँडेल हुन् । भदौ अन्तिमबाट छायाङ्कन सुरु हुन लागेको फिल्ममा पारसबम ठकुरी, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली लगायतको पनि अभिनय रहनेछ ।
फिल्मको प्रदर्शन मिति आगामी फागुन १६ गतेतय भएको छ । फिल्ममा माधव शर्माको पटकथा तथा संवाद लेखन रहेको छ भने कथा निर्देशक कँडेलको हो ।
सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मसँगको सहकार्यमा निर्माण हुन लागेको ‘होस्टेल ३’ को कार्यकारी निर्मातामा शङ्कर कोइराला हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐतिहासिक पनौती हिलेजात्राको तयारी तीव्र
-
‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड’का लागि भियतनाम उडे रोहित र प्रशंसा
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा पर्यटनसँग जोडिँदै
-
विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य