‘होस्टेल ३’ मा परीक्षाको इन्ट्री
काठमाडौंँ । फिल्म ‘होस्टेल ३’मा अभिनेत्री परीक्षा लिम्बू भित्रिएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा उनलाई अनुबन्धित गरेको हो ।
फिल्ममा परीक्षाको अलवा आर्यन सिग्देल पनि भित्रिएका छन् । आर्यन र परिक्षाले यस अगाडि फिल्म ‘पूजार सार्की’ एकसाथ अभिनय गरेका थिए । फिल्ममा आर्यन होस्टेलको ‘वार्डेन’ को भूमिकामा देखिने छन् भने परीक्षाको भूमिका अहिले गोप्य राखिएको छ ।
फिल्मका निर्देशक सशान कँडेल हुन् । भदौ अन्तिमबाट छायाङ्कन सुरु हुन लागेको फिल्ममा पारसबम ठकुरी, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली लगायतको पनि अभिनय रहनेछ ।
फिल्मको प्रदर्शन मिति आगामी फागुन १६ गतेतय भएको छ । फिल्ममा माधव शर्माको पटकथा तथा संवाद लेखन रहेको छ भने कथा निर्देशक कँडेलको हो ।
सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मसँगको सहकार्यमा निर्माण हुन लागेको ‘होस्टेल ३’ को कार्यकारी निर्मातामा शङ्कर कोइराला हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण